उपराष्ट्रपति मैले जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य « Khabarhub

उपराष्ट्रपति मैले जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन्।

उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताएकी हुन्।

पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर सत्ता गठबन्धनका दलहरुले संविधानको गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन्।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्।

‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्‍यो, स्थितिले पनि महशुस गरायो।’ उनले भनिन्।

अहिले मतदान जारी छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ४४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका