फिफा निर्णयको न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा स्वागत « Khabarhub

फिफा निर्णयको न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा स्वागत


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन – यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् ।

प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत बिहीबार रुवाण्डाको राजधानी किगालीमा खेल प्रायोजनको अनुमति साउदीलाई नदिने घोषणा गरेका छन् ।

साउदी अरबमा महिलालाई मानवोचित व्यवहार नगरिएको,उनीहरूलाई आधारभूत मानवाधिकारबाट वञ्चित गरिएकोलगायत त्यहाँका महिलाको स्थिति दयनीय भएकाले उक्त देशलाई महिला विश्वकपको प्रायोजना गर्ने अनुमति प्रदान नगर्न दुवै देशले फिफालाई लिखित अनुरोध गरेका थिए ।

आगामी जुलाईमा न्युजिल्यान्ड र अष्ट्रेलियाले पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन् । उक्त प्रतियोगितामा ३२ देशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १ : १७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको