‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन खुला « Khabarhub

 ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन खुला


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन गत बिहीबार खुला गरिएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रिएसनले आयोजना गर्दै आएको अवार्ड सन् २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एक वर्ष सरे पनि २०२० बाट नियमित रुपमा हुँदै आएको छ ।

इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको बताइन् । अवार्डमा सहभागी हुन चाहने गीतहरू सन् २०२२ जनवरी १ बाट सन् २०२३ फेब्रुअरी अन्तिम दिनसम्म सार्वजनिक भएको हुनु पर्नेछ ।

अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । 

फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

अवार्डमा भाग लिन चाहनेहरुका लागि चैत १ बाटै आगामी ३० चैतसम्म फारम खुला गरिएको अवार्ड संयोजक सरिता भारतीले बताइन् । यो अवार्डमा सहभागी हुन चाहनेहरूले फारम भरेर आगामी वैशाख २ गतेसम्म आयोजकलाई बुझाईसक्नु पर्ने छ । 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : ०५ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा