उपराष्ट्रपति निर्वाचन : रास्वपाले ममता झालाई भोट दिने « Khabarhub

उपराष्ट्रपति निर्वाचन : रास्वपाले ममता झालाई भोट दिने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीको उम्मेदवारलाई भोट दिने भएको छ। शुक्रबार बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय भएको एक सांसदले बताए। रास्वपाको पदाधिकारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय हाे ।

नयाँ उपराष्ट्रपति पदका लागि मतदान जारी छ। नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता रहेका छन् । 

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : २० बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई