बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर सम्पन्न  « Khabarhub

बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर सम्पन्न 


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण  कोही पनि अन्धोपनमा जीवन बिताउन  नपरोस् भन्ने हेतुले पछिल्लो समय हुने सँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकार सँगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङको ढोरपाटन नगरपालिकामा शिविर सञ्चालन गरिएको  थियो  ।

मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताकाे सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । 

आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसंगकाे सहकार्यमा देशैभरी वार्षिक करिब ३ हजार निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ३५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको