अष्ट्रेलियाले अमेरिकासँग २२० वटा टोमाहक क्रुज मिसाइल खरिद गर्ने « Khabarhub

अष्ट्रेलियाले अमेरिकासँग २२० वटा टोमाहक क्रुज मिसाइल खरिद गर्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाले अमेरिकासँग २२० ‘टोमाहक क्रुज मिसाइल’ खरिद गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाले आफ्ना हतियार भण्डारको आधुनिकीकरण गर्न तथा सामरिक सामर्थ्य वृद्धि गर्न अमेरिकाबाट आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको छ ।

अष्ट्रेलियाका अधिकारीहरूले नयाँ आणविक शक्तिबाट चल्ने पनडुब्बीबाट टोमाहक मिसाइल प्रहार गर्न सहज हुने बताएका छन् । नब्बे करोड अमेरिकी डलर मूल्य बराबरका ती क्षेप्यास्त्रको आपूर्ति एरिजोनास्थित रेथियन मिसाइल एण्ड डिफेन्सले गर्नेछ ।

जापानले पनि गत महिना चिनियाँ प्रभाव बढ्न नदिने प्रयासस्वरुप आफ्नो सेनाको स्तरवृद्धि गर्ने योजनाको घोषणा गरेको थियो । सन् २०२६ सम्ममा ४०० टोमाहक क्रुज मिसाइल खरिद गरी रणनीतिक स्थानमा तैनाथ गर्ने योजना तर्जुमा गरिएको छ ।

अमेरिकाले प्रस्तावित टोमाहक मिसाइल बिक्रीबाट आफ्नो विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यमा असर नपर्ने जनाउँदै पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो सबैभन्दा महत्वपूर्ण सहयोगीमध्येको एक अष्ट्रेलिया भएको बताएको छ ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि आफ्नो देशले पनि अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने बताएका छन् । लामो दूरीसम्म प्रहार गर्ने क्षेप्यास्त्र आफ्नो देशसँग रहेको सुनिश्चित गर्नु राष्ट्रका निम्ति महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षाका निम्ति त्यो अझ महत्वको विषय भएको बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : २१ बजे

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री