अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुने « Khabarhub

अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा यही ५ चैतमा स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा निर्वाचन गर्ने निर्णय गरेको हो।

चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

तर, शुक्रबार बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेकका अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरूको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते विश्वविद्यालयमा स्ववियुको निर्वाचन सम्पन्न गर्न र गराउन सबैलाई जानकारी सँगै निर्देशन गर्ने निर्णय गरेको छ।

यस्तै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : २६ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।