‘खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ’ « Khabarhub

‘खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ’


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे ।  

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गरे । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उनले उल्लेख गरे । 

‘मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो’, उनले भने, ‘यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।’ सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए । उनले आगामी दिनमा थप सफलताको कामनासमेत गरे ।

बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गरेको प्रसङ्ग उल्लेख गर्दै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताए ।

‘प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खेलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ’, उनले भने । खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरे । आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने उनले बताए । 

सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्नुपर्ने अध्यक्ष चन्दको भनाइ थियो । खेलमा पूर्वाधारको अभाव सधैँ खड्किने गरेको उल्लेख गर्दै उनले कीर्तिपुर क्रिकेट मैदानको अवस्थाबारे राष्ट्रपति पौडेललाई अवगत गराएका थिए। कीर्तिपुर क्रिकेट मैदान भित्र र बाहिर गरी झण्डै ३० हजार दर्शकले खेलाडीको हौसला बढाएकामा धन्यवाद दिँदै उनले खेलप्रेमी र शुभचिन्तकको साथले क्रिकेटमा राम्रो गर्न सकेको बताए । 

‘मैदानभित्र बस्ने ठाउँ नभएर दर्शकले बाहिरबाटै साथ दिनुभयो, यसबाट नेपालमा दर्शकको क्रिकेटप्रतिको माया कति रहेछ भन्ने प्रष्ट हुन्छ’, अध्यक्ष चन्दले भने । 

सो अवसरमा क्यान सचिव दुर्गाराज पाठकले राष्ट्रपति पौडेलसमक्ष क्रिकेट खेलाडी तथा पदाधिकारीको परिचय गराएका थिए । यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाखबाट पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ०३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री