सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी   | Khabarhub Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी  


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अंक जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अंक जोडेको छ । यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ४० बजे

ठेक्का लागेको पाँच वर्षमा पनि भएन रणवाङ–दरवाङ सडकमा कालोपत्र

म्याग्दी– जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने

आन्तरिक राजस्व विभागद्वारा नेपाल टेलिकम सम्मानित 

काठमाडौं– आव २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेकोले आन्तरिक

माओवादी-समाजवादी तालमेल, कीर्तिपुरको मेयरमा संयुक्त उम्मेदवारी

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा

बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले पूर्व नेता शेख हसिनालाई अपदस्थ गर्ने

जसपा नेपालले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उतार्‍यो तेस्रो लिङ्गी

काठमाडौं-  उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर