नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान | Khabarhub Khabarhub

नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ ।

‘प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा-प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिष्ठानबारे गलत सूचना सम्प्रेषण भएको भन्दै सदस्य सचिव सुवेदीले प्रतिष्ठानले नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवम् भ्रामक प्रचार तथा सूचना सम्प्रेषण गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

प्रतिष्ठानले वर्तमान नेतृत्व नेपाली भाषालगायत नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, सम्वर्द्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र आगामी दिनसमेतमा प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १४ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि