पुटिन र सीबीच युक्रेनबारे छलफल हुने « Khabarhub

पुटिन र सीबीच युक्रेनबारे छलफल हुने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता सम्बन्धको ‘नयाँ युग’को सुरुवात गर्ने र युक्रेनबारे छलफल हुने क्रेमलिनका एक अधिकारीले शुक्रबार बताएका छन् ।

“नेताहरूले नयाँ युगमा प्रवेश गरेको र व्यापक साझेदारी र रणनीतिक सम्बन्धलाई मजबुत बनाउने संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुहुनेछ,” पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले भने ।

उशाकोभका अनुसार दुई शक्तिशाली नेताले सन् २०३० सम्मका लागि रूसी तथा चिनियाँ आर्थिक सहयोगसम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर गर्नेछन् ।

उनले भने “दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा लेखेका लेख तथा विचारहरू सोमबार रूसी र चिनियाँ पत्रिकामा प्रकाशित हुनेछन् । यो वास्तविक वार्ताको पूर्वसन्ध्यामा एक महत्वपूर्ण सङ्केत हुनेछ ।”

उनहरूले युक्रेनमा रूसको सैन्य अभियानलाई पनि एजेन्डामा समावेश गरेको उशाकोभले बताए ।

“पक्कै पनि युक्रेन द्वन्द्वबारे छलफल हुनेछ । हामी यस विषयमा चिनियाँ नेतृत्वको संयमित र सुविचारित अडानको उच्च कदर गर्छौं,” उषाकोभले भने।

उनले बेइजिङले ‘यो सङ्कटको वास्तविक कारण बुझेको’ र गत महिना प्रकाशित युक्रेन द्वन्द्वमा चीनको शान्ति पहलको मस्कोले स्वागत गरेको बताए ।

पुटिन र सीबीच सोमबार ‘अनौपचारिक’ भेटवार्ता र रात्रिभोज हुने र त्यसपछि मङ्गलबार औपचारिक वार्ता हुने क्रेमलिनका सल्लाहकार उशाकोभले बताउनुभयो ।

मस्कोमा पुटिनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्कने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ४३ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा