कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै « Khabarhub

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् ।

फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्र छ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय सङ्क्रमित बढेको बताए । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ५० बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी