पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउनै कठिन « Khabarhub

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउनै कठिन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउन कठिन हुने गरेको पाइएको छ ।

पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोग र कानूनी सहायता समाजले न्यायको पहुँचबारे आयोजना गरेको कार्यक्रममा विज्ञहरुले यस्तो खुलासा गरेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानले जनाएअनुसार विभिन्न कठिनाईका कारण धार्मिक अल्पसङ्ख्यकलाई परिचयपत्र प्राप्त गर्न समस्या हुने गरेको छ ।

केही धार्मिक अल्पसङ्ख्यकका व्यक्तिले कठिनाईका बावजुद पनि परिचय प्राप्त गरेको भएपनि अरु धेरैले यस्तो परिचयपत्र प्राप्त गर्न नसकेको बताइएको छ ।

पाकिस्तानमा राष्ट्रिय परिचयपत्रका आधारमा राज्यले दिने विभिन्न अधिकार प्रत्याभूत गरिन्छ । यसकारण पनि पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकहरु मानव अधिकारबाट बञ्चित हुनु परेको छ ।

सबैलाई समान हिसाबमा परिचयपत्र वितरण गर्नका लागि पुराना कानून, जवाफदेही प्रणालीको विकास गर्नुपर्ने विज्ञहरुले सल्लाह दिएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : १५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका