सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई « Khabarhub

सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ ।

महेन्द्रनगर श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे । साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए ।

सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ । समापन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ०४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका