पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने | Khabarhub Khabarhub

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसादः भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने लेखक तथा निर्माता खगेन्द्र लामिछानेले जानकारी दिए ।

अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ । लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए । “जहाँ सात वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरू हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ”, लेखक लामिछानेले भने।

यसमा नीरज कँडेलले छायाङ्कन निर्देशन, कृष्ण थापाले छायाङ्कन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले सङ्गीतको काम गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ३८ बजे

सिटी होटलको हकप्रद सेयरमा आवेदन खुल्यो 

काठमाडौं– सिटी होटल लिमिटेडले सोमबारबाट हकप्रद सेयर निष्काशन सुरु गरेको

काठमाडौंको माइतीघरमा जेन-जी पुस्ताको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

सोह्र श्राद्धमा पितृप्रतिको श्रद्धा (तस्बिरहरू)

काठमाडौं– यस वर्षको सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजबाट सुरु

म्याग्दीको ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः

मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न

भादगाउँ– मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही