राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन | Khabarhub Khabarhub

राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी कमिटीहरूमा देखिएका समस्या समाधान गर्न समिति गठन गरेको छ । केही जिल्ला र कमिटीमा आन्तरिक विवाद रहेको, विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेकोलगायत विभिन्न समस्या भएका कारण साङ्गठनिक गतिविधि अघि बढाउन कठिनाइ भएको गुनासो बढ्न थालेपछि समाधानका लागि समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिले जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्न नेता नीरञ्जन थापाको संयोजकत्वमा निष्क्रिय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य राजु बस्नेत र सदस्यहरूमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्रीत्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ छन् ।

समितिले पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्ने, गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा पार्टीका उमेदवारलाई असहयोग गर्ने, सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टी र नेतृत्व लक्षित गलत अभिव्यक्ति दिने, भ्रम सिर्जना गर्ने, निर्वाचनमा होमिएका उम्मेदवारको मनोबल कमजोर हुने गरी क्रियाकलाप गर्ने, निर्वाचनको समयमा पनि निष्क्रिय रहेका विभिन्न तहगत समितिलाई कारबाहीको दायरामा ल्याउने गरी छानबिन गर्ने गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ५३ बजे

एकीकृत समाजवादीले उपनिर्वाचनमा विपक्षी गठबन्धनसँग समन्वय गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते

पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर

तनहुँ– यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व

कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४

कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई राप्रपाको १० बुँदे ज्ञापनपत्र

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी