पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढ्यो « Khabarhub

पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढ्यो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 चौतारा– आन्तरिक पर्यटक बढेसँगै सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो । व्यवसायीले भीरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतनामूलक सरसफाइ अभियान गरी फोहर संकलन गरिरहेको गाउँपालिका अध्यक्ष टाँसी लामाह्योल्मोले जानकारी दिए। पोखरी आसपास सफा देखिएको छ ।

 तर व्यवसायीले भीरमा अव्यवस्थितरूपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मंगले तामाङ होटल बाट निस्किएको फोहोर व्यवस्थित गर्ने ठाँउ नहुँदा भीरमा फोहोर फालेको बताउँछन्।

उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले सरसफाइलाई विशेष ध्यान दिई विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेको छ । फोहरमैला व्यवस्थापन गर्न चार वटा वडामा संकलन केन्द्र निर्माण गरी काम अगाडि बढाएको ग्रामीण समाज कल्याणका कार्यक्रम संयोजक हर्क तामाङले बताए । 

घरैबाट कुहिने र नकुहिने फोहर छुट्याइ संकलन केन्द्रमा संकलन गरिन्छ । कुहिने फोहरलाई कम्पोस्ट बनाउने प्रविधि सिकाइ पुनः प्रयोग गर्न सकिने फोहरलाई नयाँ सामग्री बनाइ बजारमा बिक्री गरी आयआर्जन गर्ने प्रयास गरिरहेको तामाङको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १२ : १६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड