नौ महिनामा १४ अर्ब नाफा विदेशियो « Khabarhub

नौ महिनामा १४ अर्ब नाफा विदेशियो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्यांक अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । 

विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ  हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । 

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

विभागले चैत महिनामा मात्रै रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ लाभांश विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत चैत महिनामा मात्रै बीस करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । 

यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । 

नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ लगानी प्रतिबद्धता आएको छ । जसमा चैत महिनामा मात्रै रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ ।

विभागको तथ्यांकअनुसार हालसम्म चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ५० बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह