रूसका उपप्रधानमन्त्री मान्टुरोभ भारत भ्रमणमा | Khabarhub Khabarhub

रूसका उपप्रधानमन्त्री मान्टुरोभ भारत भ्रमणमा


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग तथा व्यापारमन्त्री समेत रहेका रूसका उपप्रधानमन्त्री डेनिस मान्टुरोभ भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । दुई देशबीचको व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले सञ्चालित अन्तरसरकारी रूसी–भारतीय आयोगको सह–अध्यक्षता गर्न रुसी उपप्रधानमन्त्री मान्टुरोभ सोमबार नयाँ दिल्ली पुगेका हुन् ।

भारतस्थित रूसी दूतावासले ट्वीटरमा लेखेको छ, “डेनिस मान्टुरोभ कामको सिलसिलामा भारत आउनुभएको छ । अप्रिल १७ मा, रूसी महासङ्घका उपप्रधानमन्त्री तथा उद्योग र व्यापार मन्त्री डेनिस मान्टुरोभ भारत गणराज्य, नयाँ दिल्लीको दुई दिवसीय कामकाजी भ्रमणमा आउनुभएको हो ।’’

आफ्नो भ्रमणको पहिलो दिन मान्टुरोभले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहयोग आईआरआईजीसी–टीईसीमा २४ औं भारत–रूस अन्तर–सरकारी आयोगको सह–अध्यक्षता गर्नेछन् । यसले आर्थिक र व्यापार सहयोग, आधुनिकीकरण र औद्योगिक सहयोग, ऊर्जा, पर्यटन र संस्कृति, विज्ञान र प्रविधि र सूचना प्रविधिमा छ वटा कार्य समूहलाई एकीकृत गर्दछ ।

अन्तरसरकारी आयोग आईजीसीको पूर्ण बैठक मङ्गलबार बस्ने तय भएको छ, त्यसपछि सहअध्यक्षहरूले २४ औं आईजीसी बैठकको अन्तिम प्रोटोकलमा हस्ताक्षर गर्नेछन् ।

दुवै पक्षले द्विपक्षीय व्यापार, आर्थिक तथा मानवीय सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । भारतस्थित रुसी दूतावासले एक ट्वीट गर्दै मान्टुरोभले धेरै द्विपक्षीय बैठकहरू पनि गर्ने जनाएको छ । दुई देशबीच आर्थिक सहकार्यको विकासका लागि थुप्रै संस्थागत संयन्त्रहरू स्थापना भएका छन् । सरकारी स्तरको प्राथमिक संस्था आईआरआईजीसी–टीईसी हो । गत महिना विदेशमन्त्री एस जयशंकर र मान्टुरोभले आईआरआईजीसी–टीईसीको भर्चुअल बैठकको सह–अध्यक्षता गरेका थिए ।

जयशंकर र मान्टुरोभले नोभेम्बर २०२२ मा मस्कोमा भएको बैठकपछि आईआरआईजीसी–टीईसी फ्रेमवर्क अन्तर्गत विभिन्न कार्य समूहहरू र उप–समूह बैठकहरूमा प्राप्त प्रगतिको समीक्षा गरेका थिए । उक्त बैठकमा दुई मुलुकका प्रतिनिधिले आईआरआईजीसी–टीईसीको अर्को व्यक्तिगत बैठकको लागि आधार तयार गर्न मार्गदर्शन दिएका थिए ।

अन्तरसरकारी आयोग दुई देशबीच व्यापार र आर्थिक सहयोगका क्षेत्रमा द्विपक्षीय प्रगतिको नियमित अनुगमन गर्ने एक संयन्त्र हो जुन मे १९९२ मा हस्ताक्षर गरिएको व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक सहयोगसम्बन्धी अन्तरसरकारी आयोगसम्बन्धी सम्झौताद्वारा स्थापित भएको थियो । आईआरआईजीसीको पहिलो अधिवेशन सेप्टेम्बर १३ र १४ सेप्टेम्बर १९९४ मा भएको थियो । हालसम्म आइआरआईजीसीका २३ वटा बैठक सम्पन्न भइसकेका छन् ।

भारतीय तथ्याङ्कअनुसार अप्रिल २०२० देखि मार्च २०२१ को अवधिमा द्विपक्षीय व्यापार ८.१ अर्ब अमेरिकी डलर रहेको छ । भारतबाट २ अर्ब ६० करोड अमेरिकी डलर को निर्यात भएको छ भने रूसबाट ५ अर्ब ४८ करोड अमेरिकी डलर को आयात भएको छ । सोही अवधिमा द्विपक्षीय व्यापार नौ अर्ब ३१ करोड अमेरिकी डलर रहेको छ भने भारतीय निर्यात तीन अर्ब ४८ करोड अमेरिकी डलर र आयात पाँच अर्ब ८३ करोड अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ५९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका