नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई एनआरएनएको बधाई « Khabarhub

नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई एनआरएनएको बधाई


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ एनआरएनएको प्रतिनिधिमण्डलले नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर बधाई दिएको छ । प्रतिनिधिमण्डले मन्त्री साउदसमक्ष आठ बुँदे मागपत्र पनि प्रस्तुत गरेको छ ।

सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो । सङ्घले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानूनी प्रक्रियालगायत विषयमा सम्बोधनका लागि पहल गरिदिन हुन अनुरोध गरेको छ ।

सो अवसरमा युरोप क्षेत्रमा यही मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि मन्त्री साउदलाई निमन्त्रणा गरिएको थियो । उनले उक्त बैठकलाई प्राथमिकतामा राखी सम्पर्कमा रहने समेत जानकारी दिएका थिए ।

भेटमा गैरआवासीय नेपाली सङ्घका सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेललगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ५५ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी