ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो « Khabarhub

ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो ।

यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथै अभिभावक हर्षित भएका छन् । कुनै बेला प्रथम त्रैमासिक परीक्षाको समयमा पाठ्यपुस्तक नपुगेर समस्या खेप्नुपर्ने अवस्था हुने गरेकोमा यो वर्ष समयमै पुस्तक विद्यालय–विद्यालय पुगेपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी भएको फक्ताङलुङ गाउँपालिका–६ महेन्द्र निम्न माध्यमिक विद्यालयका शिक्षक विवश केदेमले बताए ।

यस वर्ष अन्य जिल्लाभन्दा पहिले चैत २० गते नै ताप्लेजुङलाई पाठ्यपुस्तक उपलब्ध गराएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरले जनाएको छ । शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक प्राप्त भएपछि सोहीअनुसार विद्यालयलाई बिक्री वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।

ताप्लेजुङका दुर्गम तथा हिमाली क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए । सिदिङ्वा गाउँपालिकाका विद्यालयले पाठ्यपुस्तक लगिसकेको अध्यक्ष मिश्रले जानकारी दिए । यसैगरी सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरकलगायत पालिकाका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको महासङ्घका जिल्ला उपाध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिए ।

अन्तिम ९फाइनल० परीक्षा सम्पन्न भएपछि बिदा भएका अधिकांश विद्यालय आइतबारदेखि मात्र खुल्दै छन् । फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानजन माध्यमिक विद्यालय आइतबारदेखि खुल्ने र सोही दिनदेखि नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको कार्य सुरु गरिने प्रधानाध्यापक किशोरकुमार राईले बताए ।

प्रधानाध्यापक राईले यस वर्ष समयमै पुस्तक आएकाले समस्या नरहेको र विद्यालय खुलेसँगै विद्यार्थीले पुस्तक पाउने भएको बताउनुभयो । फुङलिङ नगरपालिका–८ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भट्टराईले पनि यस वर्ष समयमै पाठ्यपुस्तक पाएको जानकारी दिए । आइतबारदेखि नै विद्यालय खुल्ने र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थाल्ने भट्टराईले बताए ।

पाठ्यपुस्तक समयमा नपाउँदा विगतमा जस्तो विद्यालय सञ्चालन र पठनपाठन तथा शिक्षण सिकाइमा अवरोध हुँदै आएको अवस्थाको अन्त्य भएको शिक्षक बताउँछन् । ताप्लेजुङमा तीन सय ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले भने धमाधम पाठ्यपुस्तक गइरहेको व्यवसायी महासङ्घका अध्यक्ष मिश्रले जानकारी दिए।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : १८ बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह