गण्डकी प्रदेशका प्रमुखसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश « Khabarhub

गण्डकी प्रदेशका प्रमुखसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङसमक्ष महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन सोमबार पेश गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक राममाया कुँवरले आव २०७८र०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा ३ मा प्रदेशको काम कारबाहीका सम्बन्धमा महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखसमक्ष पेश गरिएको प्रतिवेदन लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा ५ बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेशसभामा पेश हुनेछ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सबै सरकारी कार्यालय, समिति तथा संस्था र स्थानीय तहको आव २०७८र०७९ को लेखा परीक्षण सम्पन्न गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरिएको उपमहालेखा परीक्षक कुँवरले जानकारी दिए । वार्षिक लेखा परीक्षण योजना, कार्यालयगत लेखा परीक्षण योजना तर्जुमा गरी कार्यालयको कारोबारको प्रकृतिअनुसार उच्च र न्यून जोखिममा वर्गीकरण गरी विद्युतीय प्रणालीमार्फत लेखा परीक्षण गरिएको जनाइएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आव २०७८/०७९ मा गण्डकी प्रदेश मातहतका एक सय ७३ सरकारी निकायको रु ३७ अर्ब चार करोड ५१ लाख पाँच हजार र १४ समिति तथा अन्य संस्थाको रु दुई अर्ब ८६ करोड ४१ लख ८१ हजार गरी कूल ३९ अर्ब ९० करोड ९२ लाख ८६ हजारको लेखा परीक्षण सम्पन्न गरिएको छ ।

लेखा परीक्षणका क्रममा सरकारी कार्यालय, समिति तथा संस्थातर्फ गरी रु ४९ करोड ३५ लाख ५७ हजार बेरुजु भेटिएको छ । प्रदेश सरकारअन्तर्गत सञ्चालित ४२ प्रतिशत आयोजनाको भौतिक प्रतिवेदन ९० प्रतिशत, १३ प्रतिशत आयोजनाको भौतिक प्रगति ४० प्रतिशतभन्दा कम र १३ प्रतिशत आयोजना सुरु नै हुन नसकेको प्रतिवेदनले औँल्याएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ५१ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल