आईपीएल : लखनउले मुम्बइलाई ५ रनले हरायो « Khabarhub

आईपीएल : लखनउले मुम्बइलाई ५ रनले हरायो


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दिएको १ सय ७८ रनको लक्ष्य मुम्बईले भेट्न नसकेको हो । मुम्बई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रनमै समेटियो ।

पहिले ब्याटिङ गरेको लखनउले ३ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो । लखनउका लागि मर्कश स्टोनिसले सर्वाधिक ४७ बलमा चार चौका र आठ छक्काको मद्दतमा ८९ बनाए भने कुर्नाल पाण्डेयले ४२ बलमा ४९ रन बनाएका थिए ।

आईपीएलमा बुधबार साँझ पन्जाव किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल हुँदैछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ५ : ५३ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा