इन्टर मिलान १३ वर्ष पछि युईएफएको फाइनलमा « Khabarhub

इन्टर मिलान १३ वर्ष पछि युईएफएको फाइनलमा


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलान १३ वर्षपछि युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १-० ले पराजित गरेपछि इन्टर समग्रमा ३–० को नतिजा निकाल्न सफल भएको हो । पहिलो लेगमा इन्टर २–० ले विजयी भएको थियो।

सानसिरोमा मंगलबार राति भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिन पुग्यो । निकै रोचक र प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै पक्षले एक अर्का माथि दबाब बढाएका थिए।

लोउटारो मार्टिनेजले ७४ औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनको सोही गोलले मिलानलाई १३ वर्ष पछि फाइनलमा पुर्‍यायो।

अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ३७ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा