जापानमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

जापानमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो ।

थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो । पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो।

बसमा चालक दलका सदस्य सहित ४० जना थिए। जसमा दुई नेपालीसहित तीन जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ५९ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको