बागमतीमा अठार हजार गाईमा लम्पी स्किन संक्रमण « Khabarhub

बागमतीमा अठार हजार गाईमा लम्पी स्किन संक्रमण


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मनहरि– बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ ।

पहिलो चरणमा संकलन गरिएको तथ्यांक अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपाया मर्न थालेका छन् ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार सबैभन्दा बढी मकवानपुरमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा चार हजार आठ सय ३५ गाईमा उक्त रोग देखा परेको छ भने एक सय ९७ गाईको मृत्यु भएको उनले जानकारी दिए। 

सिन्धुलीमा नौ हजार छ सय ३४ सङ्क्रमण देखिएको छ भने ४७ गाईको मृत्यु भएको छ । त्यस्तै, रामेछापमा एक हजार नौ सय ६५, चितवनमा एक हजार ६० गाईमा उक्त रोगको सङ्क्रमण देखिएको सचिव पाण्डेले बताए। उनका अनुसार प्रदेशको रसुवा र दोलखामा रोग पुष्टि नभएकाले सङ्क्रमित सङ्ख्या शून्य छ । धादिङको विवरण मन्त्रालयमा आइनसकेको उनको भनाइ थियो । हालसम्म गाईमा मात्र सङ्क्रमण भएको र भैँसीमा उक्त रोग सङ्क्रमण नभएको सचिव पाण्डेले बताए। काठमाडौँमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा छ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको छ भने मनहरि गाउँपालिकासहित अन्य पालिकामा गाई सङ्क्रमित भएका पाइएको मन्त्रालयले जनाएको छ । रोगबाट पशुमा हुने मृत्युदर कम (करिबप्रतिशत) भए पनि दुहुना पशुको दूध उत्पादनमा उल्लेख्य ह्रास हुने भएकाले किसानलाई ठूलो आर्थिक क्षति पुगेको सचिव पाण्डेले बताए । 

‘रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट किसानमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा किसान र सबै सरोकारवालासमक्ष जनचेतना फैलाउने काम गरिरहेको छ’, उनले भने । रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशीघ्र सुरु गर्न जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई निर्देशन दिई सकिएको सचिव पाण्डेले बताए ।

हाल मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ मा एक हजार पाँच सय डोज खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । रोग ग्रस्त क्षेत्रमा गई तत्काल निसङ्क्रमण, उपचारलगायत नियन्त्रणका कार्य सञ्चालन गर्न तत्काल रोग नियन्त्रण समिति बनाइ कार्य अघि सारिएको सचिव पाण्डेले बताए । मन्त्रालयले रोग नियन्त्रण तथा रोकथामलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, २०८०’ तयार गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १ : ०५ बजे

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित तीन

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई