भीमनारायण गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई | Khabarhub Khabarhub

भीमनारायण गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । 

उपाधिसँगै प्लानिङ ब्वाइजले नगद पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ ।  उपविजेता बनेको वीरगञ्ज युनाइटेडले दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।  प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक-एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए । उनले नगद चार हजार हात पारे । 

त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले रु सात-सात हजार नगद र ट्रफी हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भएका छन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरेका छन् । 

खेलाडीलाई पुरस्कार आयोजक संस्था सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, श्रेष्ठका पुत्रद्वय मनोहरनारायण श्रेष्ठ र रामनारायण श्रेष्ठ, एन्फाका उपाध्यक्ष दावा लामा, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपीएफ काठमाडौँ र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको थियो । 

विसं २०५५ मा धनकुटा नगरपालिका-६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले यो प्रतियोगिताको सुरुआत गरेकोे थियो। नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : १० बजे

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव

थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू) 

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै

सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने, कति सम्भव छ ?

काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले

आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’

काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरु भएको