वन्यजन्तुका अंग बिक्रीको आरोपमा नौ जना पक्राउ | Khabarhub Khabarhub

वन्यजन्तुका अंग बिक्रीको आरोपमा नौ जना पक्राउ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– वन्यजन्तुको अंग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् । 

विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो । 

सो सूचनाका आधारमा खोजतलास गर्दा गोरखाको दशकिलोबाट तीन जना महिलालाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको हो ।

जेठ १ गते गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि पाँच जना पुरुष र एक जना महिला गरी छ जनालाई एकसिङ्गे गैँडाको खागजस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ४६ बजे

महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं – महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग

भोजपुरको देउराली उद्यान आकर्षकस्थल

भोजपुर– देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका

बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा

काठमाडौं– सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड