सगरमाथा आरोहण सम्पन्न गरी फर्कने क्रममा फुर्वा शेर्पाको निधन « Khabarhub

सगरमाथा आरोहण सम्पन्न गरी फर्कने क्रममा फुर्वा शेर्पाको निधन


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेस क्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।

उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसैगरी सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दीपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीसमेतको सहयोगमा क्याम्प–२ सम्म ल्याई थप उपचारका लागि काठमाडौँ पु¥याइएको छ ।

साथै सहसेनानी खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारका लागि काठमाडौँ ल्याइएकामा हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ । प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : १६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने