शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एमालेको माग « Khabarhub

शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एमालेको माग


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले कोशी प्रदेशमा पार्टीका नेतामाथि आक्रमण भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी कोशी प्रदेशमा एमाले नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग गरेका छन् ।

उनका अनुसार आज इलामको माङसेवुङ गाउँपालिका आयोजित बैठकमा सहभागी हुने जाने क्रममा एमाले केन्द्रीय सदस्य राम राना चढेको गाडीमा सोही गाउँपालिकको वडा नं ३ घर्तीदोभान नजिककै ढुङ्गामुढा भएको थियो ।

प्रचार सचिव विष्टले एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानामाथि भएको घटनाको पार्टीले निन्दा र भत्र्सना गर्दै कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खासगरी एमालेका नेतामाथि निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको बताएका हुन् ।

“संवैधानिक व्यवस्था, ऐन र कानूनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्न निर्णय गरेको र असहमत समूहले विरोधमा कोशी प्रदेशमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहे पनि सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिएको छैन”, विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।”

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : २७ बजे

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।