बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषित « Khabarhub

बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषित


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

प्रमुख पाण्डेयले बुटवलमा कुनै पनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए । उनले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि छिट्टै नै दुई वटा सुविधासम्पन्न अस्पताल सञ्चालनको तयारी अवस्थामा पुगेको र यसले बुटवलको स्वास्थ्य क्षेत्रमा अर्को फड्को मार्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको स्वास्थ्यलाई बुटवल उपमहानगरपालिकाले विशेष चासो र प्राथमिकतामा राखेको बताइन् । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूर्ण सुविधा प्रदान गरेको बताए ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि दुई वर्षसम्मका बालबालिकाले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्ड पूरा गरेको बताए ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : २५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर