जापानमा १६ वर्षमुनिको यौन सम्बन्धलाई बलात्कार मानिने « Khabarhub

जापानमा १६ वर्षमुनिको यौन सम्बन्धलाई बलात्कार मानिने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको यौन अपराध कानुनमा परिवर्तन गरिएको छ । बलात्कारको परिभाषा परिवर्तन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । नयाँ कानुनअनुसार सहमतिबिना शारीरिक सम्बन्ध राख्नु बलात्कार मानिनेछ ।

अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो । साथै, कानुनी सहमतिको उमेर पनि १३ वर्षबाट १६ वर्ष पुर्‍याएको छ । 

जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ । 

उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने, उसलाई हिट वा धम्की वा यदि उसले सम्बन्ध राख्न अस्वीकार गर्‍याे भने पनि बलात्कार सबन्धी मुद्दा चल्नेछ ।

त्यसैगरी, जापानमा पछिल्लो ११६ वर्षमा पहिलो पटक सहमतिको उमेर परिवर्तन गरिएको हो । सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो ।

यसका साथै यस ऐन अन्तर्गत बलात्कार सम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट बढाएर १५ वर्ष गरिएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । यससँगै फोटो भ्युरिज्ममा पनि प्रतिबन्ध लगाइएको छ । विकसित देशहरूमध्ये जापानमा सेक्सका लागि सहमतिको सबैभन्दा कम उमेर रहेको छ।

तर, नयाँ कानुनअनुसार १३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा ५ वर्ष जेठो भए मात्रै अपराध मानिनेछ ।

वास्तवमा, जापानमा बलात्कारका घटनाहरू लगातार बढिरहेका छन्, तर कमजोर कानूनका कारण कि अपराधीहरू स्वतन्त्र छन्  र पीडितहरूले अपराध दर्ता गर्दैनन्। रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए । 

जापान सरकारले सन् २०२१ मा गरेको सर्वेक्षणअनुसार ६ प्रतिशत पीडितले मात्रै उजुरी दिएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : १६ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन