जापानमा १६ वर्षमुनिको यौन सम्बन्धलाई बलात्कार मानिने « Khabarhub

जापानमा १६ वर्षमुनिको यौन सम्बन्धलाई बलात्कार मानिने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको यौन अपराध कानुनमा परिवर्तन गरिएको छ । बलात्कारको परिभाषा परिवर्तन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । नयाँ कानुनअनुसार सहमतिबिना शारीरिक सम्बन्ध राख्नु बलात्कार मानिनेछ ।

अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो । साथै, कानुनी सहमतिको उमेर पनि १३ वर्षबाट १६ वर्ष पुर्‍याएको छ । 

जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ । 

उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने, उसलाई हिट वा धम्की वा यदि उसले सम्बन्ध राख्न अस्वीकार गर्‍याे भने पनि बलात्कार सबन्धी मुद्दा चल्नेछ ।

त्यसैगरी, जापानमा पछिल्लो ११६ वर्षमा पहिलो पटक सहमतिको उमेर परिवर्तन गरिएको हो । सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो ।

यसका साथै यस ऐन अन्तर्गत बलात्कार सम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट बढाएर १५ वर्ष गरिएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । यससँगै फोटो भ्युरिज्ममा पनि प्रतिबन्ध लगाइएको छ । विकसित देशहरूमध्ये जापानमा सेक्सका लागि सहमतिको सबैभन्दा कम उमेर रहेको छ।

तर, नयाँ कानुनअनुसार १३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा ५ वर्ष जेठो भए मात्रै अपराध मानिनेछ ।

वास्तवमा, जापानमा बलात्कारका घटनाहरू लगातार बढिरहेका छन्, तर कमजोर कानूनका कारण कि अपराधीहरू स्वतन्त्र छन्  र पीडितहरूले अपराध दर्ता गर्दैनन्। रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए । 

जापान सरकारले सन् २०२१ मा गरेको सर्वेक्षणअनुसार ६ प्रतिशत पीडितले मात्रै उजुरी दिएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : १६ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम