६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध हुने « Khabarhub

६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध हुने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहदानी विभागले सेवाग्राहीलाई भोलिबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा सो राहदानी उपलब्ध गराउँदै आएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । ‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरूबाट फ्रिक्वेन्ट फ्लायर (समयसमयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको थियो ।

यस्तै, सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।

विभागले हिजो ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित सबै नेपाली नियोगहरूलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।

परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागू गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ५८ बजे

हामी बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ: सोमपाल कामी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल

आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप

काठमाडौँ– पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन हुन्छ : मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा

रास्वपाको विशेष बैठक जारी, विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विशेष बैठक जारी