अमेरिकामा आँधीमा परी तीनजनाको मृत्यु, विद्युत सेवा अवरुद्ध  « Khabarhub

अमेरिकामा आँधीमा परी तीनजनाको मृत्यु, विद्युत सेवा अवरुद्ध 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ । 

अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीमा परेर तीनजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सयौँलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । त्यसबारेमा छानबिन भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रूखहरू ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिस विद्युतविहीन भएका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ०८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि