अमेरिकामा आँधीमा परी तीनजनाको मृत्यु, विद्युत सेवा अवरुद्ध  « Khabarhub

अमेरिकामा आँधीमा परी तीनजनाको मृत्यु, विद्युत सेवा अवरुद्ध 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ । 

अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीमा परेर तीनजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सयौँलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । त्यसबारेमा छानबिन भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रूखहरू ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिस विद्युतविहीन भएका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ०८ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत