युगिन आवाजका धनी गायक बटुकृष्ण ज्वाला « Khabarhub

युगिन आवाजका धनी गायक बटुकृष्ण ज्वाला

एक युगमा चमत्कार ल्याउने गायक/संगीतकार



काठमाडौं क्षेत्रपाटीको कुस्ले चौरमा बटुकृष्ण ज्वाला सिलवाल नामबाट जन्मिएका बटुकृष्ण ज्वाला नेपाली आधुनिक संगीतको ‘चेहरा’ फेर्ने एक प्रमुख गायकका रूपमा परिचित छन्।
एउटै गीतले सर्वाधिक चर्चित, तीन वटा गीतले बहुप्रतिभाशाली र गीतभित्रको अभिनय मञ्चनले नेपाली जनमानसमा ‘प्रफमर’का रूपमा परिचित छन्। हामी धेरैले उनलाई गीतका कारण चिन्छौँ। नामका कारण बिर्सिएका छौँ।

बटुकृष्ण ज्वाला सानो दुर्घटनाका कारण प्रेम असफल भएकोले आफ्नो जिन्दगीलाई गुमाउन पुगेका गीतकार हुन्। उनी कुनै समय कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा सङ्गीतका शिक्षक थिए।

संगीतमार्फत शिक्षा हासिल गरेका चेलाहरूले उनलाई सम्झिने गर्छन्। वरिष्ठ गीतकार नेपाली गीतका सगरमाथा किरण खरेललाई उनले नै चिनाएका हुन्। खरेलको न्वारानका गीतका गायक बटुकृष्ण ज्वाला हुन्।

काठमाडौं जमलको सेतो दरबारमा ज्वाला गीत गाएर टिकट सो गर्दथे। उनका गीतमा भीमबहादुर गुरुङ नाच्ने गर्थे।। ‘चञ्चले आँखाले हो हो चञ्चले आँखाले’ यो गीत मान्छेले टिकट काटेर हेरेका थिए। त्यो बेला गीत सुन्ने मात्र थियो। आजकल गीतको म्युजिक भिडियो हेर्ने चलन सुरु भएको छ। त्यो बेला गीत हेर्ने चलनको सुरुवात ज्वालाले गरेका थिए।

‘ए दुरका सितारा मेरो चाँदनी कहाँ छ’ खरेलको पहिलो गीतलाई ज्वालाले उचाई दिएका हुन्। यही गीतबाट खरेल सर्वाधिक चर्चित भए।

ज्वाला आफैमा एक कुशल संगीतकार हुन्। २०१४ सालमा रेकर्ड भएको यो गीतका कारण आज पनि सर्वाधिक लोकप्रिय छन्। यही गीतलाई उनका भान्जा शशी गुरुङले पुनः गाएपछि पनि यो गीत निकै लोकप्रिय भयो।

किरण खरेलको जीवनको गीति यात्रामा पछिल्लो गीत संग्रहको पुस्तकको नाम गीतकार दिनेश अधिकारीले राखिदिएका हुन्। यसको नाम हो, ‘ऐ दुरका सितारा’।

नेपाली गीतमा यसरी उर्दु मिश्रित शब्द प्रयोग गरेर बनेको यो गीत ‘चाँदनी सितारा’को प्रयोगमा पनि मौलिकता देखिने यो गीत ज्वालाको स्वरका कारण सर्वाधिक लोकप्रिय भयो। ज्वालाको संगीतमा गायिका सुनिता रेग्मीले ‘वसन्तको हरियाली’ गाएकी हुन्। तारादेवी र सुनिता रेग्मीले युगल गीत पनि गाएका छन्। तर वसन्तको आगमनमा गुन्जिने प्रमुख गीतमध्ये ‘फुलेको फूल’ झै यो गीत ज्वालालाई चिनाउने गीत मानिन्छ। धेरैले सम्झिने गीत ‘ऐ दुरका सितारा मेरो चाँदनी कहाँ छ’ नै हो।

ज्वालाको गीत गाउँदा गाउँदै युवा अवस्थामा नेवार परिवारको युवतीसँग प्रेम भयो। नेवार परिवारकी युवतीलाई उनको परिवारले आफूसँग विवाह गर्न दिएनन्। नेवार परिवार विवाह गर्न तयार नभएपछि ती युवतीको अन्तै विवाह भयो। ज्वालाले त्यो बिछोडलाई प्रेम वियोगका रूपमा लिए।

एउटा गायकको जिन्दगीमा त्यो समयको ‘लभ ट्रयाजेडी’ घातक पक्ष बन्न पुग्यो। उनी त्यसपछि एक्लो भए। मन भुलाउन मद्यपानमा लागे। मद्यपानबाट उनलाई कसैले टाढा राख्न सकेनन्। मद्यपानले नै उनलाई सबैबाट टाढा पुर्यायो।

उहाँका घनिष्ठ मित्रमध्ये एक गीतकार किरण खरेलले ज्वालाको जीवनमा कुनै शान्ति आउला कि भनेर नुवाकोटकी एक युवतीसँग विवाह गरिदिए। तर यो विवाह पश्चात् पनि ज्वाला आफ्नो जीवनको लयमा फर्किन सकेनन्।

उनलाई विस्तारै मद्यपानले क्षति गर्दै लग्यो। उनले विस्तारै आफूलाई क्षति पुर्याउदै गए। यो घटनाले उनको गीतसँग इतिहास जोडिन पुग्यो। ‘मेरो चाँदनी कहाँ छ…?’ उनको चाँदनीको अन्तै विवाह भएको थियो। उनको असामयिक निधन भयो।

उनको निधन भएको बेला उनकी आमाले किरण खरेललाई पर्खिरहेकी थिइन्। विष्णुमतिको किनारमा ज्वालाको अन्तिम समयमा खरेल पुगेका थिए। खरेलले पानी खुवाएपछि प्रेमले ज्वालालाई बेलाए। तर ज्वालाले अनन्तको यात्रा तय गरिसकेका थिए। एउटा असफल प्रेमी सफल गायक र कुशल सङ्गीतकारको त्यही अन्त्य भयो। अहिले ज्वालाका गीत सुन्दा र उनका विद्यार्थीका कुरा सुन्दा उनी कुशल शिक्षक र अनुशासित गुरु थिए।

नेपाली गीति आकाशमा आँखाको भव्य बयान गरेर गाइएको गीत ‘चञ्चले आँखाले हो चञ्चले आँखाले’ उनले सेतो दरबारमा मञ्चन गर्दा टिकट काटेको इतिहास सम्झिने धेरै छन्।

ज्वालाले ल्याब्रोटरी स्कुलमा सङ्गीत सिकाउदा उनीसँग अर्को गायक पनि थिए। मास्टर केशव जो हास्य अभिनय पनि गर्दथे। यो लामो यात्रामा सानो प्रेमको घटनाले उनलाई क्षति पुर्यायो। जसको कारणले उनले थप गीत गाउन सकेनन्। जीवनलाई आफ्नो गतीमा ल्याउन पनि सकेनन्। उनको प्रेममा मात्र होइन जीवनसँग नै पराजय भयो। तर हरेक वर्ष उनको पुन्यतिथिमा उनका भतिजा प्रसिद्ध पत्रकार राजु सिलवालले उनलाई सम्झेर लेख्ने पङ्क्ति र व्यक्त गर्ने अभिव्यक्तिले ज्वाला नेपाली संगीत आकाशमा एक कहिल्यै नअस्ताउने तारा भएर बाँचेका छन्। जसको चर्चा सधैँ भइरहनुपर्छ।

किरण खरेलका गीत सम्झिने बित्तिकै उनका सिरानीका ज्वालालाई हामीले बिर्सिन सक्दैनौँ। नेपाली चलचित्रकी अभिनेत्री सुनिता रेग्मीले गाएको ‘हरियाली पर्वतकी छोरी हुँ म’ पनि लोकप्रिय मानिन्छ। उनको गायन यात्रालाई सघाउने सङ्गीतकार गायक बटुकृष्ण ज्वालाप्रति हामी सदैव नमन गर्दछौँ।

ज्वालाका शैलीका गीतहरू अहिले बज्न छोडिसकेका छन्। एउटा ‘प्ले ब्याक’ शैलीका गीत वा हिन्दी भन्दा फरक शैलीको गायन बोकेर आएका ज्वाला कम गीतका कारण धेरै लोकप्रिय थिए। थोरै गीतले उनको जीवन त्यति नै अलोकप्रिय भयो। श्रद्धेय गायक सङ्गीतकार बटुकृष्ण ज्वालाप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ४० बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।