रुसले बेलारुसमा राख्यो आणविक हतियार  « Khabarhub

रुसले बेलारुसमा राख्यो आणविक हतियार 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले बेलारुसमा रणनीतिक आणविक हतियार राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार राखेको पुष्टि गरे । उनले रुसको भूभाग वा राज्यलाई धम्की दिएमा सो आणविक हतियार प्रयोग गरिने चेतावनी दिए ।

उनले एक सार्वजनिक मञ्चमार्फत आणविक हतियार बेलारुसमा पुर्‍याइएको जानकारी दिएका हुन् । राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।

सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन् भनेर देखाइएको हो ।’

फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावना कतिको छ भनेर पुटिनलाई सोधेका थिए । जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन । हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहन्छौँ, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो ।’ 

बेलारुस एक प्रमुख रुसी सहयोगी हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : १५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय