अमेजन जंगलमा ४० दिनपछि भेटिएका बालबालिकाले के भने ?  | Khabarhub Khabarhub

अमेजन जंगलमा ४० दिनपछि भेटिएका बालबालिकाले के भने ? 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया– अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार बालबालिकाले विमान दुर्घटनाको चार दिनसम्म पनि आमा जीवित रहेको बताएका छन्। विमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफूहरूलाई सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाइ बहिनीहरूलाई सहयोग गर्न निर्देशन दिएको उनीहरूले बताए ।

बीबीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन् । बालबालिकाका बुबा म्यानुएल रानोकले भने, ‘जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलबाट बाहिर निस्कन र आफूलाई बचाउन भनेको भनी बताए ।’

अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका उनीहरु विमान दुर्घटना भएको ४० दिनमा फेला पारे पछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

उनीहरूलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरूको उपचार पछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् । 

‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, ‘उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफ्नो सन्तानको हेरचाह गर्नुका साथै आफूलाई अस्पताल लैजान आफ्ना छोराछोरीसँग भनेकी रहिछिन्,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरूले आफ्नो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’

उनले आफ्नो प्राण त्याग्नु अघि आफ्ना सन्तानलाई भनेकी रहिछिन्, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमीहरूलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरूको अवस्था कस्तो छ भनेर बुबाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागिछिन,’ उनले भावुक हुँदै भने ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ११ : १६ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले