बलिउड चलचित्र ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा | Khabarhub Khabarhub

बलिउड चलचित्र ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि विवादमा परेको छ ।

चलचित्रमा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै  हिन्दु सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च न्यायालयमा रिट दायर गरेको हो । यस याचिकामा हिन्दु सेनाले ‘आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।

हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च न्यायालयमा जनहित याचिका दायर गरेको जानकारी दिए । ‘आदिपुरुष’ विरुद्ध दायर  रिट निवेदनमा भनिएको छ– ‘यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । 

महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दु धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा व्याख्यासमेत गरी नयाँ नयाँ अविश्वसनीय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिङ्गरको घेरामा बसेको देखाइएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा र्‍यापर जस्तो भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’  हिन्दु महाकाव्य रामायणमा आधारित चलचित्र हो । चलचित्रमा प्रभास  ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।

ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो चलचित्रमा निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो चलचित्र रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद राखेपछि काठमाडौं महानगरपालिकाले सो चलचित्र प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संवाद विप गरे पछि नेपालमा प्रदर्शन गरिएको थियो ।  

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ११ : ५० बजे

आज २०८२ साल असोज ६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका