नयाँ बसपार्कभित्र ५६ काउण्टर थपियो | Khabarhub Khabarhub

नयाँ बसपार्कभित्र ५६ काउण्टर थपियो


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो ।

यसअघि काठमाडौँभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरूपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोंगबु, कलंकी, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए।

महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माइक्रोबस तथा जिप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।

नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जिप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताएका छन्। ‘नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ’, उनले भने ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्रै सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र वल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका थिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने क्षमता रहेको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : १७ बजे

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौं – नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई

बेनी–दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

म्याग्दी – म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा

बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता

मकवानपुर – बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका