दोदा नदीमाथिको पक्की पुल निर्माणको काम अलपत्र « Khabarhub

दोदा नदीमाथिको पक्की पुल निर्माणको काम अलपत्र


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

वेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् ।

वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो ।

त्यसपछि पटक पटक म्याद थप हुँदा पनि अहिलेसम्म पक्की पुल निर्माण हुन सकेको छैन । पक्की पुलको पिल्लरको फाउण्डेसन परीक्षणका क्रममा त्रुटि देखिएपछि निर्माण रोकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिए। 

‘निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि काम रोकिएको हो, त्यसपछि पुलको नयाँ डिजाइन गरिएको छ’, उनले भने, ‘बारम्बार ताकेता गर्दा पनि अझै पुल निर्माणको काम सुरु भएको छैन ।’ 

उक्त पक्की पुल २४ करोड ५२ लाखको लगानीमा निर्माण भइरहेको थियो । यसमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ । त्रुटि देखिएपछि सोही पुलको नजिकै अर्को पुल बनाउने भनेर निर्माण कम्पनीले विसं २०७८ मा डिजाइनसमेत बनाएको थियो । त्यसपछि अझै पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

पक्की पुल निर्माण नहुँदा स्थानीय काठको अस्थायी पुलमा पैसा तिरेर नदी ओहोरदोहोर गर्ने गर्छन् । ‘पक्की पुल निर्माण नहुँदा वर्षौंदेखि नदी तर्न काठको पुलको पुल प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानाले भनिन्, ‘पक्की पुल निर्माण नहुँदा निकै सास्ती छ ।’

दोदा नदीमा पक्की पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीय शुल्क तिरेर काठको अस्थायी पुलमा यात्रा गर्ने गरेको लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदले बताए । ‘वर्षौं भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ’, उनले भने, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, जितेर गएपछि बिर्सिन्छन् ।’

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु ३० शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कविच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठको जीर्ण पुलको सहायताले नदी वारपार गर्न सकिन्छ ।

दोदामा पक्की पुल निर्माण भए दक्षिणी क्षेत्रलाई मूलधारमा जोड्नुका साथै स्थानीयलाई सहज हुने लालझाडी गाउँपालिका–४ का सेमलाल रानाले बताए । 

‘चाँडो पक्की पुल निर्माण हुनुपर्छ, यसले जिल्लाको दुर्गम दक्षिणी क्षेत्रलाई मूलधारसँग जोड्ने छ’, उनले भने, ‘यसले यहाँका स्थानीयलाई आवतजावतमा पनि सहजता थप्नेछ ।’

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : २७ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक