अटोमेटिक गन र एक लाख गोली लुटिएको छ, कैदी फरार छन्; फागुन २१ मा चुनाव हुँदैन : ओली « Khabarhub

अटोमेटिक गन र एक लाख गोली लुटिएको छ, कैदी फरार छन्; फागुन २१ मा चुनाव हुँदैन : ओली


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फागुन २१ मा चुनाव नहुने दाबी गरेका छन् । शनिबार पार्टीले मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले शान्ति सुव्यवस्था कायम नरहेको अवस्थामा फागुन २१ गते चुनाव हुनै नसक्ने दाबी गरेका हुन् ।

ओलीले प्रहरीका १२ सय हतियार, एक लाख गोली लुटिएको पनि उल्लेख गरे । ‘के यो मजाक हो ?’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘अटोमेटिक गन लुटिएको छ, साढे पाँच हजार कैदी बाहिरै छन्, उनीहरुलाई कसले भगायो ? कसले लुट्न लगायो ?’

यस्तो अवस्थामा सरकारले चुनाव गराउने नाटक गरिरहेको पनि उनले टिप्पणी गरे । राजनीतिक दलहरुलाई चुनावमा भाग लिन नदिने तयारी चलिरहेको उल्लेख गर्दै ओलीले एक्लै चुनाव लड्न लागिएको हो ?

उनले यो चुनाव नहुने बताउँदै संसद् पुनर्स्थापना हुने दाबी गरे । उनले अपराधी पक्राउ गरी हतियार फिर्ता नभएसम्म चुनाव नहुने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : १६ बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६