नेपालमा पहिलो पटक एक महिलामा मंकीपक्स पुष्टि « Khabarhub

नेपालमा पहिलो पटक एक महिलामा मंकीपक्स पुष्टि


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक मंकीपक्स भाइरसबाट ग्रसित महिला फेला परेकी छिन । केही दिनअघि  नेपाल आएकी एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

उक्त विदेशी महिलामा ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । उनीमाथि देखा परेको लक्षण अनुसार संकलन गरिएको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो । 

मंकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन्, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत वर्ष यसले महामारीको रूप लिएको थियो । 

यो रोग मानिस देखी मानिससम्म वा जनावरबाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा  बिफर उन्मूलन भए लगतै यो नयाँ रोगका रूपमा देखा परेको  थियो । 

 

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १ : ४३ बजे

‘शताब्दी घर’मा लाखेको बिदाइ !

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका