विद्यालय बन्द गरे कारबाही गर्ने बालेन शाहको चेतावनी  | Khabarhub Khabarhub

विद्यालय बन्द गरे कारबाही गर्ने बालेन शाहको चेतावनी 


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  दिएका छन् । भोलि देखी सुरु हुन लागेको अनिश्चतकालीन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन । 

‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।’ उनले आफ्नो निर्देशन अनुसार विद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।  विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  २ : ५७ बजे

पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १४ गते) बिहीबारका

आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्री प्रचण्डको व्यस्तता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

आज २०८० साल मंसिर १४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १४ गते बिहीबार। ज्योतिष