हेटौँडा उपमहानगरले ल्यायो बजेट « Khabarhub

हेटौँडा उपमहानगरले ल्यायो बजेट


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आज  आयोजित १३औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रू ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट रू ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट रू तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रू एक अर्ब १४ करोड ५० लाखबाट ब्यहोरिने जानकारी दिए ।

उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थिए । उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा रू तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म रू एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान सङ्कलन भएको जानकारी दिए ।

उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ रू एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा रू एक अर्ब सात करोड ६६ लाख ७० हजार खर्च भएको छ ।

उपप्रमुख बानियाँले पूँजीगततर्फ कूलरू एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार  बजेट विनियोजन भएकामा हालसम्म रू ७० करोड ७९ लाख १३ हजार  खर्च भएको बताए । वित्तीय व्यवस्थातर्फ रू एक करोड १५ लाख विनियोजन भएकामा रू ८५ लाख ६५ हजार खर्च भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ३ : २३ बजे

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप