‘राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले’ « Khabarhub

‘राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले’


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् ।

प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले  पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए। नेता विष्टले भने, ‘पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले सरकारलाई सुझाव दिए । 

नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रुपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको नेता विष्टको भनाइ थियो ।

पार्टीभित्र उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास गर्दै राजनीतिलाई मर्यादित र सम्मानित बनाउने पक्षमा एमाले रहेको उनले बताए। नेपाली जनताको जीवनस्तर उकास्ने पार्टीको मुख्य उद्देश्य रहेको बताउँदै उनले युवावर्गलाई राजनीतिप्रति आकर्षण गर्ने लक्ष्य पार्टीको रहेको जनाए ।

नेपाली युवालाई नेपालमा नै अडिन सक्ने वातावरण सृजना गर्न एमालेले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने नेता विष्टले बताए। आर्थिक अवस्था कमजोर भएका नागरिकको समृद्धिका लागि एमाले सधैँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले युवाको हितका लागि नयाँ ढंगबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमको अध्यक्षता प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको