७० वर्षे उमेरहदका कारण प्रगति गर्न अफ्ठ्यारो पर्‍यो, हटायौँ : अध्यक्ष ओली « Khabarhub

७० वर्षे उमेरहदका कारण प्रगति गर्न अफ्ठ्यारो पर्‍यो, हटायौँ : अध्यक्ष ओली


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अफ्ठ्यारो भएको बताएका छन् ।

शनिबार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले संसारमा कहिँ नभएको ७० वर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको बताएका हुन् ।

उनले ७० वर्षको उमेरहदका विषयमा असन्तुष्टि जनाउनु राजनीतिक विषय नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएतका पदमा चुनाव लड्न पार्टी नेताहरुलाइ सुझाव दिए ।

ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्किएको र राजनीति नै छोडनुपर्ने स्थिति देखा परेको जिकिर गरे । एमालेलाई एकताबद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको उनको भनाइ छ ।

ओलीले अनावश्यक विषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : १२ बजे

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा