तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु « Khabarhub

तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

बुटवल– तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

 पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।

परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : २६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण