राजनीतिमा जुकाजस्तो टाँसिने प्रवृतिमा परिवर्तन आउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की « Khabarhub

राजनीतिमा जुकाजस्तो टाँसिने प्रवृतिमा परिवर्तन आउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी छिन् ।

शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृतिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।

राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाइ पुग्ने प्रवृतिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिब जनताले सिटामोलसमेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौं दिइरहनुपर्ने प्रवृति पनि समाप्त हुनुपर्ने जिकिर गरिन् ।

उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे । उनले भ्रष्टाचारविरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले संघीयतासँगै भ्रष्टाचार विकेन्द्रीकरण हुने सम्भावनामा सजक रहनुपर्ने उल्लेख गरे । सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउँदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

उनले भ्रष्टाचारका विषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ४० बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको