नवौँ सिन्धुकप फुटबलको उपाधि टोखा भगवतीलाई « Khabarhub

नवौँ सिन्धुकप फुटबलको उपाधि टोखा भगवतीलाई


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँनवौं सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि टोखा भगवती युथ क्लबले जितेको छ । 

सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटबल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लबले उपाधि जितेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

उपाधि टोखा भगवती युथ क्लबले दुई लाख, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता काभ्रे फुटबल संघले १ लाखमा चित्त बुझाएको छ । विजेता–उपविजेता लगायतका टोलीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

सिन्धु स्पोट्र्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ०२ बजे

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका